२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका-३ बस्ने २० वर्षीय सुरज कुमार महत्तोसहित  २ जनालाई शुक्रबार बिहान पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments