घट्यो पीसीआर परीक्षण शुल्क, अब २ हजार बढी लिन नपाइने

काठमाडाैं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

यसैबीच पीसीआर परीक्षण गर्दा शुल्क नलिन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गराउन माग गर्दै दायर गरिएकाे रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको उल्लेख छ । रिट निवेदनको पेशी भदौ ३० गतेका लागि तोकिएको छ ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित