काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ५९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

 

Facebook Comments