‘पुजारी हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति अभियानकाे ध्यानाकर्षण

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। अभियानले एक प्रेस बक्तव्य जारी गर्दै उक्त अनुसन्धान प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएकाे हाे।

प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै जारी विज्ञप्तिमा लेखिएकाे छ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाज माथीको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

पुजारीका हत्यामा सम्लग्नलाई यथाशीघ्र सार्बजनिक गरी सजाय दिलाउने एबम उनको चरित्र हत्या गर्न खोज्ने प्रहरीका अधिकृतहरूमाथी कारबाही गर्न गृह मन्त्रालयलाई हामी गम्भीर हुन आग्रह गर्दछौं भनी समेत विज्ञप्तिमा उल्लेख छ।

हाम्रो आग्रहलाई वेवास्ता गरीए हामी यस कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनमा उत्रिने एबम खबरदारीका कार्यक्रमहरू ल्याउन बाध्य हुनेछौं भनी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments