बाँकेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

कोहलपुर। बाँकेको नेपालगञ्जमा कोभिड-१९ बाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत ती पुरुषमा मधुमेह र मुटुरोगको समस्या थियो।

१२ भदौदेखि स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट उनको थ्रोट स्वाब लिइएको थियो। १५ भदौमा संक्रमण पुष्‍टि भएपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए।

उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। रासस

Facebook Comments