काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए ।
संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएकाले उनलाई कारवाही गरेको समाजवादी पार्टीले जनाएको छ ।
लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गएकी थिइन्। मतदानको दिन उनी संसदमा समेत उपस्थित भएकी थिइनन्।
पार्टी निर्देशन विपरित गएपछि गिरीलाई कारबाही गरिएको समाजवादीका नेता इस्तीयाक राईले बताए। गिरीबारे छानविन गर्न समाजवादीका नेता रामसहाय प्रसाद यादव नेतृत्वको तीन सदस्यीय कार्यदल बनाईको थियो। उक्त कार्यदलले उनलाई संसाद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको थियो।
जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास ग¥यो। र, जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्।
यस मामलामा पनि सांसद गिरीको तर्क छ-नेपालले प्रमाण र स्रोत नपु¥याएरै नयाँ नक्सा ल्यायो र संविधान संशोधन ग¥यो। यही तर्कलाई आफ्नो अडान बनाउँदै गिरीले जेठ २८ गते सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्धमा संशोधन दर्ता गराइन्।
गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्। अधिल्लो शनिबार संघीय संसदको प्रतिनिधिसभामा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदै थियो। सांसद गिरीले आफ्नो प्रस्तावमाथि बोल्न खोजिन्। तर, अन्य सांसदले होहल्ला गर्न थालेपछि सभामुखले उनको संशोधन प्रस्ताव खारेज भएको बताए। त्यसपछि संसदबाट उनी बाहिरिइन्।
२०६३ सालमा सांसद गिरीको विवाह नेपालमा भयो। विवाह उनी विहारबाट नेपालको लहान जिल्लास्थित बस्तीपुरमा आएकी हन्। २०४६ सालको आन्दोलनका ताका गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्धभावना पार्टीको सदस्य भइन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपालिक सांसद बनेकी हुन्।
सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किइन् हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्।
Facebook Comments