काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, आज पनि थपिए काेराना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा परेको छ।संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतममन्त्रालयका अनुसार मंगलबार थप मुलुकभर २०४ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ। म

पछिल्लो समयमा अस्पतालमा उपचार गराइरहेका बिरामी र सेवामा खटिएका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ। संक्रमण देखिएपछि कतिपय अस्पतालले आकस्मिकबाहेका अन्य सेवा अनिश्चकालका लागि बन्द गरेका छन्।

सोमबार काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।बिरामीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ। यस्तै कोरोना संक्रमणमा उडानका कर्मचारी पनि परेका छन्। सोमबार मात्रै नेपाल वायुसेवा निगमका सातजना कर्मचारीमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको थियो।उनीहरु सबै कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारमा खटिएका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ।केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको थियो।बालबालिकामा सङ्क्रमण बढ्दै गएपछि मन्त्रालय र चिकित्सकले सचेत रहन अभिभावकलाई आग्रह गरेका छन्।

न्त्रालयका अनुसार ७ हजार ४९९ जनाले कोरोना जितेर घर फर्किएका छन् भने कोरोनाकै कारण ३५ जनाको मृत्यु भइसकेको छ।

यस्तै हालसम्म २५ हजार ७२७ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६३४ जना आइसोलेसनमा छन्। गत २४ घन्टामा ६ हजार १३३ पीसीआर नमूना परीक्षण भएका छन्। मन्त्रालका प्रवक्ता डा. गौतमले उपत्यकामा कोरोना जोखिम बढ्दै गएको भन्दै सामाजिक दूरी कायम गर्न, नियमित मास्क लगाउन र कामबिना घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित