नयाँ दिल्ली । नेपाल र भारतका लागि अमेरिकी राजदूतहरु क्रमश: र्याण्डी बेरी र केन्नेत आई जस्टरहरुले भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई ८५ औं जन्मोत्सवको शुभकामना दिएका छन् ।
भारतका लागि राजदूत जस्टरले ट्विटरमार्फत भनेकी छन्, “अमेरिकी सरकार र अमेरिकी जनताको तर्फबाट दलाई लामाको ४५ औं जन्मोत्सवमा हामी बधाई दिन चाहन्छौं । अमेरिकी र तिब्बतीहरुले परमपवित्र व्यक्तिसँग काम गर्ने र साझा गरेको मूल्यहरूको अगाडि बढाउन अवसर प्राप्त भएको छ ।”
उनले गरेकी भिडियो ट्विटमा भनिएको छ, “तपाईंले भारतमा बिताएका ६१ वर्षको निर्वासनले हाम्रो जीवनलाई प्रेरित गरेको छ । तपाईंको लगनशीलता र उपलब्धिहरू धार्मिक विश्वासको शक्ति र अहिंसात्मक प्रतिरोधको पक्षमा छन् र अन्यायको विरुद्ध दृढ छन् ।”
त्यसैगरी नेपालका लागि अमेरिकी राजदूत बेरीले दलाई लामालाई ८५ औं जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । उनले ट्विटमा लेखेका छन्, “आज परमपवित्र दलाई लामालाई ८५औं जन्मदिनको शुभकामना दिन पाउँदा निकै उत्साहित भएका छौं ।”
नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुबाहेक अमेरिकी हाउस स्पिकर न्यान्सी पेलोसी, भारतीय मन्त्री किरन रिजिजु, नोबल पुरुस्कार विजेता कैलाश सत्यार्थीले पनि दलाई लामाले जन्मदिनको शुभकामना दिएका छन् । उनी सन् १९३५ जुलाई ६ मा उत्तरपश्चिम तिब्बतको ताकस्र अमडोमा जन्मिएका थिए । सन् १९५९ मा तिब्बतमा चिनियाँ दबाब बढेपछि उनी निर्वासनमा भारतमा आएका थिए ।
Facebook Comments