कोरोनाले काठमाडौंमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

त्यस्तै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.