एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पछिल्लो पटक संसदमा सम्बोधनका क्रममा कलकाइदामा पूर्वनेता ओसामा बिन लादेन सहिद भएको अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति निकै विवादित बनेको थियो ।
उनले यसअघि पनि विभिन्न पटक पनि सहिदको संज्ञा दिएका थिए । सत्तारुढ पार्टीकै अन्य नेताहरुले लादेनलाई अन्तर्राष्ट्रिय आतंककारीको रुपमा पहिचान गरेका छन् । प्रधानमन्त्री खानको यस्तो अभिव्यक्तिले पाकिस्तानको सुरक्षा नीतिमा कस्तो असर पर्छ भन्ने बहस भइरहेको छ ।
खानको अलकाइदामा प्रमुख लादेनलाई सहिद भन्नु जिब्रो चिप्लिएको हो भनेर मान्न सकिने अवस्था छैन । उनले यसअघि पनि यस्तो अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री खानले यसविषयमा स्पष्टिकरण दिन अस्वीकार गरेका छन् । उनको अस्वीकार्यतालाई दुई कोणबाट हेरिएको छ ।
पहिलो पाकिस्तानका उच्चस्तरीय नीति निर्माताहरुले अलकाइदामा प्रमुख, जसले विश्वभर हजारौं मानिसको ज्यान लिए, ती व्यक्ति पीडित थिए न कि पीडक । दोस्रो, यसको प्रत्यक्ष असर आंतकवादविरुद्धको पाकिस्तानी संघर्षमा पर्छ ।
अफगान शान्ति प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री खानले यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकाले तालिबानसँग सम्झौता गरेका अलकाइदालाई अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ । तर, प्रधानमन्त्री खानको यो पछिल्लो अभिव्यक्तिले वाशिङ्टनले तालिबानभन्दा पनि पाकिस्तानलाई सम्झाउनुपर्ने हो कि भन्ने स्थिति सिर्जना भएको छ ।
यही समयमा अमेरिकी आंतकवादसम्बन्धी प्रतिवेदनमा आतंकवादी समूहका लागि पाकिस्तान उर्बर भूमि भएको सार्वजनिक भएको थियो । उक्त प्रतिवेदनमा अफगानिस्तान र भारतमा हुने आतंकवादी हमलाहरुमा पाकिस्तानस्थित आतंकवादी समूहले गराउने गरको उल्लेख गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीको यस अभिव्यक्तिमा विपक्षी दलका नेताहरुले नै चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् ।
Facebook Comments