पाकिस्तानी महिला विवाहकाे नाममा चीनमा बेचिन्छन्, सरकार माैन !

एजेन्सी । पाकिस्तान-चीनबीच सदाबहार सम्बन्धका बाबजुद चीनले कतिपय अवस्थामा पाकिस्तानमाथि अन्याय गरेको छ । तर, पाकिस्तान सरकार भने त्यस्ता विषयहरुलाई देखेको नदेखेजस्तै गर्छ ।

पाकिस्तानमा रहेका चिनियाँ कम्पनीहरुले मुस्लिम कर्मचारीलाई नमाज पढ्न प्रतिबन्ध लगाउँदा पनि पाकिस्तान सरकार बोल्न सकेन । पछिल्लो समय पाकिस्तानी महिलामाथि चिनियाँ पुरुषहरुको दुर्व्यवहार अत्यधिक बढेको छ ।

पाकिस्तानी महिलालाई जबरजस्ती चिनियाँ पुरुषसँग विवाह गर्न लगाइन्छ । चिनियाँ पुरुषसँग विवाह गराएमा छोरीको भविष्य राम्रो हुने प्रलोभन अभिभावकहरुलाई दिइएको हुन्छ । तर, त्यसरी विवाह गरेका महिलामाथि असहय दुर्व्यवहार गरिन्छ भने कतिपयलाई त वेश्यालयमा समेत राखिने गरेको छ ।

पाकिस्तानी र चिनियाँबीचको विवाहका लागि पाकिस्तानै नागरिकहरु विचौलिया बनेर आउने गरेका छन् । चीनमा महिलाको संख्या कम भएका कारण पनि पाकिस्तानबाट विवाह गरेर लैजानेको संख्या बढिरहेको बताइएको छ । कतिपय पाकिस्तानी महिलाहरु त विवाहपछि पनि बलात्कृत हुनेजस्ता बयान नै गर्न नसकिने पीडा भोगिरहेका छन् ।

केही महिलाहरु त्यहाँबाट भागेर पाकिस्तान फर्किएपछि यसको वास्तविकता खुलासा भएको हो । एपीका अनुसार सन् २०१८ देखि सन् २०१९ को अप्रिलसम्मको तथ्यांक हेर्दा ६२९ पाकिस्तानी महिला यसरी विवाह गरेर लगिसकेपछि बेचिएको पाइएको छ ।

यो रिपोर्ट पाकिस्तानी प्रधानमन्त्री इमरान खानसहित यस्ता अपराधका घटनामा संलग्‍न ५२ चिनियाँ र २१ पाकिस्तानी नागरिविरुद्ध मुद्दा हालिएको थियो । जसमध्ये ३१ जनालाई अदालतले रिहा गरेको छ । यस्तो मानव बेचबिखनलाई रोक्नका लागि पाकिस्तान सरकाले केही गर्न सकेको छैन ।