एजेन्सी । पाकिस्तान र उत्तर-कोरियाले निरन्तर अवैध रुपमा जर्मनीबाट आणविक प्रविधिहरु लिने प्रयासमा रहेको बताएका छन् । जर्मनका अधिकारहरुका अनुसार आफ्नो आणविक हतियार विकासका लागि जर्मनको हाइ-टेक कम्पनीबाट विभिन्न उत्पादनहरु लगिरहेका छन् ।
दक्षिणपश्चिम जर्मनीको विटेमबर्गस्थित प्रोटेक्सन अफ दी कन्सटिच्युसनले जारी गरेको प्रतिवेदन अनुसार महत्वपूर्ण अप्रेसन सञ्चालनका लागि पाकिस्तान, उत्तर कोरिया, इरान र सिरियाले आणविक प्रविधि भित्र्याउने प्रयास गरिरहेका छन् ।
जर्मनीमा पछिल्लो समय पाकिस्तानी गतिविधि बढेको भन्दै सांसदहरुले प्रश्नसमेत उठाएका थिए । उनीहरुले आणविक, जैविक र रसायनिक प्रविधिमा पाकिस्तानले आफ्नो अवैध गतिविध सञ्चालन गरिरहेको प्रति सरकारको जवाफ माग गरेका थिए ।
सन् २०१८ को आन्तरिक गुप्तचर संस्थाले जारी गरेको प्रतिवेदनमा पनि पाकिस्तानले आणविक प्राविधिक हतियार लैजानका लागि ठूलो प्रयास गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
Facebook Comments