अफगानिस्तान र आतंकवाद मामिलामा अमेरिकालाई पाकिस्तानको धोका

एजेन्सी । पाकिस्तानले अफगानिस्तान र आतंकवादका मामिलामा संयुक्त राज्य अमेरिकालाई पाकिस्तानले धोका दिएको छ। अफगानिस्तानको शान्ति प्रक्रियाका लागि तालिबान र अमेरिकाबीच दोहामा भएको शान्ति सम्झौतापछि मेमा ३८ जनाको ज्यान जाने गरी अफगानिस्तानको राजधानी काबुलमा आंतकवादी हमला भएको थियो ।

यसले अमेरिका र तालिबानबीच भएको सम्झौतालाई अवमूल्यन गरेको ठहर गरिएको थियो । त्यसपछि निरन्तर अफगानिस्तानमा आतंकवादी विस्फोटका घटनाहरु भइरहेका छन् । करिब दुई दशकदेखि अफगानिस्तानको शान्तिका लागि अमेरिकी सेना अफगानिस्तानमा छ । तालिबानले अमेरिकी सेना फिर्ता जानुपर्ने माग राख्दै आएका छन् ।

यी घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यो आत्मघाती हमला गराउनसक्ने शक्ति यस क्षेत्रमा सीमित समूहहरु छन् । जसमा पाकिस्तानमा रहेका आतंकवादी समूहसँग उक्त आत्घाती आक्रमण गराउनसक्ने क्षमता रहेको छ । जसमध्ये पनि लसकर-इ-ताइबाले अफगानिस्तानमा बेलाबेला आक्रमण गराउने गरेको बताइएको छ ।

पाकिस्तानले अफगानिस्तान र उसका छिमेकीलाई मात्रै नभएर संयुक्त राज्य अमेरिकालाई समेत धोका दिएको छ । तर, पाकिस्तानले भने कुनै पनि आतंकवादी समूहलाई सहयोग नगरेको बताउँदै आएको छ ।

तर, उक्त घटनामा संलग्‍न भएको भन्दै खोरासान प्रान्तको इस्लामिक स्टेटका मुख्य नेता अब्दुल्लाह ओराकजाइ एलियस आसलमको पक्राउले पाकिस्तानी संलग्‍नता भएको देखाउँछ ।

अफगानिस्तानको शान्ति भड्काउनका लागि पाकिस्तानले डिजाइन गरिरहेको विभिन्‍न प्रतिवेदनहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकाले यस क्षेत्रको आतंकवाद अन्त्य गर्न पाकिस्तानको भूमिका महत्वपूर्ण हुने बताउँदै आएको छ । तर, पाकिस्तानले भने दोहोरो भूमिका रहेका आतंकवाद अन्त्यको अभियान र अमेरिकाको अफगानिस्तानमा शान्ति स्थापना गर्ने पहललाई नै धोका दिइरहेको छ ।

Facebook Comments