पाकिस्तानका अल्पसंख्यकको अवस्था संकटमा, संक्रमितको उपचार गर्न स्वास्थ्य सामग्री अभाव

एजेन्सी । विश्वभर कोरोना महामारीले संकट उत्पन्‍न गराइरहेका बेला पाकिस्तानका अल्पसंख्यकको अवस्था निकै खराब रहेको मानवअधिकार सम्बन्धी विज्ञहरुले बताएका छन् । उनीहरुले निकै कठिनाइको सामना गर्नुपरेको बताइएको हो ।

विश्वभरका दमनमा परेका व्यक्तिहरुको पक्षमा काम गरिरहेको एलाइन्स फर पर्सक्युटेड ग्रुप वर्ल्डवाइड (एपीपीडब्लूडब्लू) ले गरेको एक छलफलका क्रममा पाकिस्तानको अल्पसंख्यकहरुको शिक्षाको अवस्था त परै जाओस् आधारभूत आवश्यकतासमेत पूरा हुन नसकेको बताइएको छ ।

उनीहरुमाथि पाकिस्तानले दबाब दिएको बताइएको छ । पाकिस्तानी-क्यानेडियन पत्रकार र लेखकसमेत रहेका तारिक फतेहले यस्तै अवस्थामा भएमा कोरोना महामारीको चपेटामा परेकार पाकिस्तान तहसनहस हुने र आर्थिक अवस्था पनि निकै कमजोर हुने बताएका छन् ।

उनले पाकिस्तानका अल्पसंख्यकलाई ध्यान निदएमा संकटको स्थिति सिर्जना भएर विभिन्‍न चार-पाँच टुक्रामा विभाजन हुने बताएका छन् । गिलगिट-बालिचस्तान अध्ययन केन्द्रका निर्देशक सेन्जे हासनयनले गिगगिट-बलिचस्तानलाई पाकिस्तान सरकारले कुनै पनि सहयोग नगरेको र अवस्था दयनीय भएको बताएका छन् ।

उनले भने, “यहाँ क्‍वारेन्टिनको सुविधासमेत छैन । स्वास्थयसम्बन्धी कुनै पनि सेवा र सुविधा कोरोना संक्रमितले पाउन सकेका छैनन् । दैनिक देखिएको भन्दै बढीले कोरोना संक्रमितको संख्या वृद्धि भइरहको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आधारभूत स्वास्थ्य सामग्रीसमेत अभाव छन् ।”

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.