पाकिस्तानका अल्पसंख्यकको अवस्था संकटमा, संक्रमितको उपचार गर्न स्वास्थ्य सामग्री अभाव

एजेन्सी । विश्वभर कोरोना महामारीले संकट उत्पन्‍न गराइरहेका बेला पाकिस्तानका अल्पसंख्यकको अवस्था निकै खराब रहेको मानवअधिकार सम्बन्धी विज्ञहरुले बताएका छन् । उनीहरुले निकै कठिनाइको सामना गर्नुपरेको बताइएको हो ।

विश्वभरका दमनमा परेका व्यक्तिहरुको पक्षमा काम गरिरहेको एलाइन्स फर पर्सक्युटेड ग्रुप वर्ल्डवाइड (एपीपीडब्लूडब्लू) ले गरेको एक छलफलका क्रममा पाकिस्तानको अल्पसंख्यकहरुको शिक्षाको अवस्था त परै जाओस् आधारभूत आवश्यकतासमेत पूरा हुन नसकेको बताइएको छ ।

उनीहरुमाथि पाकिस्तानले दबाब दिएको बताइएको छ । पाकिस्तानी-क्यानेडियन पत्रकार र लेखकसमेत रहेका तारिक फतेहले यस्तै अवस्थामा भएमा कोरोना महामारीको चपेटामा परेकार पाकिस्तान तहसनहस हुने र आर्थिक अवस्था पनि निकै कमजोर हुने बताएका छन् ।

उनले पाकिस्तानका अल्पसंख्यकलाई ध्यान निदएमा संकटको स्थिति सिर्जना भएर विभिन्‍न चार-पाँच टुक्रामा विभाजन हुने बताएका छन् । गिलगिट-बालिचस्तान अध्ययन केन्द्रका निर्देशक सेन्जे हासनयनले गिगगिट-बलिचस्तानलाई पाकिस्तान सरकारले कुनै पनि सहयोग नगरेको र अवस्था दयनीय भएको बताएका छन् ।

उनले भने, “यहाँ क्‍वारेन्टिनको सुविधासमेत छैन । स्वास्थयसम्बन्धी कुनै पनि सेवा र सुविधा कोरोना संक्रमितले पाउन सकेका छैनन् । दैनिक देखिएको भन्दै बढीले कोरोना संक्रमितको संख्या वृद्धि भइरहको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आधारभूत स्वास्थ्य सामग्रीसमेत अभाव छन् ।”

Facebook Comments