किन तनाबग्रस्त सीमाक्षेत्र लद्दाखमा पुगे मोदी?

दिल्ली।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको स्थल लद्दाख पुगेका छन् ।

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र सेना प्रमुख एमएम नाराभाने पनि प्रधानमन्त्री मोदीसँगै छन् । नाराभाने यसअघि नै त्यस क्षेत्रमा पुगिसकेका थिए । प्रधानमन्त्री मोदी भिडन्तपछि पहिलो पटक लद्दाखको लेह क्षेत्रमा पुगेका हुन् । त्यहाँ उनले पछिल्लो तनावग्रस्त अवस्थाबारे जानकारी लिने बताइएको छ ।

दुई देशका सेनाबीच भिडन्त भएको लद्दाखकै लेह क्षेत्रमा अवलोकनका लागि शुक्रबार बिहान ९ बजे पुगेका हुन् । भारतको कठिन सीमा क्षेत्रमा पर्ने यहाँ मोदी सेनाको हेलिकप्टरमार्फत पुगेका थिए ।

Facebook Comments