एजेन्सी । भारतको उत्तरप्रदेशको कानपुरमा प्रहरी र गुण्डाहरूबीच मुठभेड भएकाे छ। उक्त मुठभेडमा परी आठ प्रहरीको मृत्यु भएको छ।
प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।
विकास दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ। विकास दुवे उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन्।
घटनामा विकास दुवे समूहका तीनजना पनि मारिएका प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले उत्तरप्रदेशको सबै सीमा सिल गरेको छ । घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ।
दुवेले २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका थिए। विकासविरुद्ध ६० भन्दा धेरै मुद्दा छन् । उनी प्रधान र जिल्ला पञ्चायत सदस्य पनि बनेका थिए।
Kanpur: Eight Police personnel, including Dy SP Devendra Mishra, lost their lives after they were fired upon by criminals when the Police team had gone to raid an area in search of history-sheeter Vikas Dubey. SSP & IG present at the spot, forensics teams are examining the area. pic.twitter.com/LKXLgLPq7Y
— ANI UP (@ANINewsUP) July 3, 2020
Facebook Comments