ओलीकाे पक्ष लिँदै पूर्वमन्त्री बाँस्काेटाले दिए यस्ताे अभिब्यक्ति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् ।

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठ्नुमा कुनै तर्क नभएको बताए । नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताए ।

उनले भने, ‘खासगरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, दुईवटै पद छोडनुपर्छ भन्ने कुरा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे मिलेको छैन उहाँहरु छलफल गर्नुहुन्छ । दुईवटा अध्यक्षले लामो छलफल गर्नुहुन्छ होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन ।’

नेता बाँस्कोटाले नेकपासँग विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए ।

Facebook Comments