ओलीलाई टार्गेट गरी गगन थापाले भने- ‘नेकपाको विनासकाले विपरित बुद्धि’

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले चालु संसद अन्त्य गरेर अध्यादेश ल्याउने दुस्प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। थापाले पार्टीभित्रको किचलोमा संसदलाई अचानो बनाइएको प्रति आपत्ति जनाए।

सरकारले बिहीबार अकस्मात रुपमा संसद बैठक स्थगित गर्ने निर्णय गरेको थियो। अप्रत्यासित रुपमा अधिवेशन अन्त्य गर्नुलाई उनले नेकपाको विनासकाले विपरित बुद्धिको संज्ञा दिएका छन्।

संसदमा छलफलका क्रममा विधेयकहरु रहेको समेत उनले जनाएका छन्। कांग्रेस सांसद थापाले ट्विटमा संसदमा थुप्रै विधेयकहरु कार्यसूचीमा र प्रक्रियामा रहेको उल्लेख गरेका छन्। कोभिड– १९ लगायत विभिन्न विषयमा प्रस्तावसमेत दर्ता रहेको उनले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.