एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनालाई धक्का लागेको छ । बुधबार बिहान भएको एट्लेटिको मड्रिडसँगको खेलमा २–२ बराबरी खेल्दै अंक बाडेको बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ ।
लगातार दोस्रो खेलमा अंक बाडेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि परेको छ । एट्लेटिकोसँगको खेलमा बार्सिलोनाले निकै कमजोर खेल पस्किँदा बराबरीमा सीमित हुनुपरेको हो ।
बार्सिलोनाले ७० अंक पुर्याएको छ । शीर्ष स्थानमा रहेको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ ।
जसमा विपक्षी टोली एट्लेटिकोले बार्सिलोनाविरुद्ध गरेका दुवै गोल पेनाल्टीबाट गरेको हो ।
खेलको ११ औं मिनेटमा एट्लेटिकोका डियागो कोस्टाको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, बार्सिलोनाका खेलाडीले फाउल गरेपछि एट्लेटिकोले १९औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सउल निगुइजले गोलमा परिणत गर्दै खेल १–१ गोल बराबरी पुर्याएका थिए ।
पहिलो हाफ १–१ गोल बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा एट्लेटिकोका खेलाडीले फाउल गर्दा बार्सिलोनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी प्रहार गरेका कप्तान लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो ।
बार्सिलोना २–१ गोलले अघि रहेको अवस्थामा पुन बार्सिलोनाका खेलाडी एट्लेटिकोका खेलाडीमाथि फाउल गर्न पुग्दा एट्लेटिकोले दोस्रो पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका निगुइजले खेल २–२ गोल बराबरीमा पुर्याएका थिए ।
Facebook Comments