प्रचण्डसहित १७ नेताले मागे ओलीको राजीनामा(नामसहित)

काठमाडाैँ । नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १८ जनाले बोलेका थिए।

बैठकमा बोल्नेमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। 3प्रधानमन्त्रीको राजीनामा माग्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत छन्।

स्थायी समिति सदस्यहरू वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

बैठकमा बोल्ने सबैजसो नेताले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।

कोही स्थायी समिति सदस्यले घुमाएर भने होलान्, कतिले सिधै भने होलान्, तर सबैको धारणा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने थियो,ु शाहले भने, पार्टी सचिवालयका बहुमत सदस्यहरूले प्रधानमन्त्रीको राजीनामा मागेकाले नैतिकताका आधारमा उहाँले बाटो प्रशस्त गर्नुपर्छ भनेर मैले भनेको हुँ। मंगलबार बैठकमा प्रधानमन्त्री निकटका स्थायी समिति सदस्यहरू भने बोलेका थिएनन्। साभारः सेताेपाटी

Facebook Comments