एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन

काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या तिवारी भन्ने व्यक्तिले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् ।

नेकपाको स्थायी कमिटि बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए । प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए ।

कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले बताए ।

तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।

Facebook Comments