ओलीकाे अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट मागियाे राजीनामा!

काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन्।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गरेका थिए । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उनले बताएका थिए ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको यही अभिव्यक्तिमा केन्द्रित भएपछि पार्टीमा गुटगत राजनीतिले स्थान पाएकाे छ।

मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको उनले बताए । ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन, पार्टीकै नेताहरुमाथि अविश्वास देखिएको बताए । साथै विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे छलफल गर्नुपर्ने भएको उनले बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.