पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाही ‘बिजय’ पक्राउ परेका छन् ।

शाही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको भत्तपुरस्थित घरमा बम विष्फोट गराउने योजनाकार रहेको प्रहरी स्रोतको भनाइ छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले शाहीलाई कलंकीस्थित कोठाबाट राती २ बजे प्रहरीले गरेको गरेको हो ।

शाही एक बर्षदेखि भक्तपुर जिल्लाका सेक्रेटरीका रुपमा कार्यरत छन् । प्रहरीले उनको साथबाट विप्लव समूहको दस्तावेज बरामद गरेको छ ।

उनी प्रहरीको फरार सुचीमा थिए । यसअघि बाँस्कोटाको घरमा विष्फोट गराउने मध्येका तीनजना पक्राउ परि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

Facebook Comments