‘तिब्बतको स्वतन्त्रताले मात्रै चीनसँगको भारतको सीमा सुरक्षित हुन्छ’

एजेन्सी । पछिल्लो समय भारत-चीन सीमा विवाद चर्किरहेका बेला तिब्बती लेखक तथा अधिकारकर्मीहरुले भने तिब्बतको स्वतन्त्रतापछि मात्रै चीनसँगको भारतीय सीमा सुरक्षित हुने बताएका छन् ।

सीमा विवादको विषयमा दुबै मुलुकबीच वार्ताको क्रम चलिरहेकै बीचमा जून १५ मा भारत-चीनबीच पूर्वी लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएको थियो । उक्त झडपपछि तिब्बतीयनहरुले भने आफ्नो स्वतन्त्रताका लागि सहयोग गर्न भारतलाई आग्रह गरिरहेका छन् ।

तिब्बतीयन लेखक तेन्जिङ सन्दुइले भारतले आफ्नो चीन नीतिमा परिवर्तन गर्न आवश्यक रहेको र चीनको अभिव्यक्तिमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भने, “चीनको दोहोरो चारित्रिक डिजाइनबारेमा तिब्बतीयनलाई राम्रोसँग थाहा छ । नयाँ दिल्लीले एक चीन नीतिमा पूनर्विचार गर्नुपर्छ ।”

उनले तिब्बतीयनहरुको स्वतन्त्रतापछि मात्रै भारतीय सीमा सुरक्षित हुने उल्लेख गरेका छन् । उनले भने, “त्यसकारण चीनसँग मिलेर लड्न आग्रह गरेका छन् । हामी चिनियाँ उत्पादनहरु बहिष्कार गर्नसक्छौं । हामी राजनीतिक लडाई पनि लड्नसक्छौं । हामी अधिक उद्योग सञ्‍चालनका लागि सक्षम छौं । हामी चीनको निर्भरतामा बाँच्न चाहँदैनौं ।”

कुनै समय हामी चीनको षडयन्त्रबारे जानकार नभएको र चीनले तिब्बतलाई सैन्य शक्तिमार्फत कब्जा गरेको उल्लेख गर्दै उनले भने, “अहिले हामी सक्षम छौं र चिनियाँ डिजाइनबारे जानकार छौं । त्यसकारण हामीलाई चीनको नियन्त्रण आवश्यक छैन । यसविरुद्ध हामी विद्रोह गर्न तयार छौं ।”

चिनियाँ उद्देश्य छिमेकी मुलुकसँग सीमा समस्या उत्पन्‍न गराउनु मात्र नभई विश्वमा शासन गर्ने रहेकोले अहिले नै चीनलाई यस्तो विस्तावादलाई रोक्‍नुपर्ने उनले बताएका छन् ।

Facebook Comments