भारत-चीन झडपमा मारिएका चिनियाँ सेनाका आफन्त आक्रोशित

एजेन्सी। भारत-चीन सेनाबीचको हिंसात्मक झडपमा जून १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा मारिएका चिनियाँ सेनाका आफन्तहरु आक्रोशित बनेका छन् । उनीहरुको कुनै औपचारिक पहिचान नगरिएको भन्दै उनीहरु आक्रोशति बनेका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले झडपमा मारिएका चिनियाँ सेनालाई सम्मानका लागि अन्त्यष्टि गरिने बताएको थियो । उनीहरुको कतर्व्य पालनाका क्रममा मारिएका सेनालाई उच्च सम्मान प्रदान गरिने जनाइएको छ।

यसअघि चीनले आफ्नोतर्फ मारिएका सेनाको कुनै जानकारी सार्वजनिक गराएको थिएन । ग्लोबल टाइम्सका अनुसार २० भन्दा कम सैनिक उक्त झडपमा मारिएको स्वीकार गरेको छ । यद्पि चिनियाँ सेनाले भने आफ्नोतर्फ मारिएका सेनाको कुनै तथ्यांक दिएको छैन ।

उक्त झडपमा भारततर्फका २० सैनिकको ज्यान गएको थियो । भारतीय प्रधानमन्त्री मोदीले उनीहरुको सहादतलाई खेर जान नदिने बताएका थिए ।

Facebook Comments