‘चीनले भारतसँग युद्ध चाहेमा त्यो निकै महँगो सावित हुनेछ’

एजेन्सी । भारत-चीन सम्बन्धमा पछिल्लो समय तिक्तता सिर्जना भएको छ । चीनले जून १५ मा यसअघिका सीमासम्बन्धीका सम्झौता र वार्तामा भएका समझदारीहरुलाई उल्लंघन गर्दै भारतीय सेनामाथि आक्रमण गरेको थियो । तर, चीनले उक्त आरोप भारतमाथि लगाइरहेको छ ।

चीनले एकतर्फीरुपमा सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउनुका साथै सैन्य संरचनाहरुसमेत निर्माण गरेको छ । भारतले उक्त संरचनाहरु भत्काएर एलएसीसम्बन्धीको सन् २९९६ को सम्झौताको पालना गर्न आग्रह गरिरहेको छ । तर, चीनले भने भारतीय पक्षको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

चीनले सीमा क्षेत्रमा एलएसी क्षेत्रमा सैन्य अभ्यास गरिरहेका भिडियोहरु सार्वजनिक गरिरहेको छ । चिनियाँ पक्षले एलएसीको चीनतर्फ गरिरहेका यस्ता अभ्यसाले चीनले युद्ध नै चाहेको हो त भन्‍ने प्रश्‍नहरु उठेका छन् ।

भारतीय पूर्वगुप्तचर प्रमुख जयदेव रनाडेले चीनले उक्त क्षेत्रमा भइरहेका सैन्य अभ्यास र सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउनुको कारणबारे स्पष्ट पार्नुपर्ने बताएका छन् ।

उनले भने, “चीनले उक्त अभ्यासहरु केका लागि गरिरहेको छ भन्‍ने कुरामा अर्को छिमेकीलाई आश्वस्थ पार्नुपर्दछ । तर, चिनियाँ नेतृत्वले चिनियाँ सेनालाई युद्धका लागि प्रेरित गरेको र सोही अनुसार अभ्यास गराइरहेको भन्‍ने देखिने गरी कुनै प्रतिक्रिया दिइरहेको छैन । यसले चिनियाँ पक्षको षड्यन्त्रको रुपमा लिन सकिन्छ ।”

उनले यदि चीनले युद्बको संकेत गरेको भए त्यो चीनका लागि निकै महँगो सावित हुनेसमेत बताएका छन् । सन् २०१७ मा भएको डोक्लाम झडपपछि भारत-चीन सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउनुको उद्देश्यबारे चीनले स्पष्ट पार्नुपर्ने दोहोर्‍याएका छन् ।

भारतीय १४ औं कोप कमाण्डर राकेश शर्माले चीनले यसअघि भारत-चीन सीमामा यति धेरै संख्यामा सैन्य उपस्थिति बढाएर अभ्यास नगरेको अहिले गरिरहेको उल्लेख गर्नै चीनले भारतलाई जिस्काइरहेको र भारतको परीक्षा लिइरहेको बताएका छन् ।

उनले भने, “चीनले भारतीय सैन्य फौज र भारतीय हतियारसँग म्याच गरिरहेको र बेलाबेला त्यसको ताकतको परीक्षा लिइरहेको छ । तर, उ सफल हुन सकेको छैन । चीनले भारतको सीमा विवाद रहेका सबै ठाउँमा यस्ता अभ्यासहरु गर्नुले भारतले आफ्नो तयारी गर्नुपर्दछ । भारत आफ्नोतर्फबाट झनै सशक्त हुनु आवश्यक छ ।”

Facebook Comments