एजेन्सी । विगत दुई दशकदेखि भारत-चीनबीच प्रतिस्पर्धी सहकार्यका साथै सावधानीपूर्वक निर्माण र सम्बर्द्धन भएको सम्बन्ध जून १५ मा पूर्वीलद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडपले सम्बन्धमा दरार पैदा गरेको छ । चीनले ठूलो सैन्य शक्तिमार्फत अक्साई चीनमा जबरजस्ती कब्जा गर्न खोजेको छ ।
पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सन् २००६ डिसेम्बरमा द्रुत गतिमा विकास भइरहेका भारत-चीनको अपरिहार्य प्रतिस्पर्धाको बाबजुद दुबै मुलुकले आ-आफ्नो महत्वाकांक्षाहरूको अनुसरण गर्न सक्ने स्थिति बन्नसक्न बताएका थिए । उनले भनेका थिए, “विश्वले दुबै मुलुकको विकासको महत्वाकांक्षालाई हटाउन नसक्ने स्थिति बन्नसक्ने मलाई लागेको छ ।”
त्यो समयमा चीनमा हु जिन ताओको नेतृत्व थियो । तर, हुपछि बनेका राष्ट्रपति सी जिनपिङले सहकार्य र प्रतिस्पर्धामा विश्वास गरेनन् । चीनको आजीवन नेतृत्व सम्हालेका सीले चीनलाई कसैले पनि चुनौतीन दिन नसक्ने स्थानमा उभ्याउने महत्वाकांक्षा राखे । उनले देङ सिआपिङको १४ विशेषतासहितको सिद्धान्तलाई धोका दिँदै विश्वव्यापी नेतृत्वको दाबी गरे ।
जसरी पछिल्लो समय भारत-चीन सम्बन्ध बिग्रिँदै गएको छ । त्यो अनुरुप भारत-चीन सम्बन्ध पूर्ववत स्थितिमा फर्किनसक्ने अवस्था सिर्जना हुने मार्ग साँघुरिँदै गएको छ । चीनले आफ्नो छिमेकीमाथि नियन्त्रणको व्यवहार देखाउँदै गर्दा भारतीय प्रभाव बढ्दै गएको छ ।
चीन पछिल्लो समय जापानसँग इस्ट चाइना सीममा विवाद सिर्जना गराएको छ भने भियतनाम, फिलिपिन्स र इन्डोनेसियामा साउथ चाइन सीमाको विवादाई बढाएको छ । त्यसैगरी भारतसँको विवाद पनि चर्काएको छ । तर, भारतले भने छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै लगेको छ ।
सैन्य रणनीति अन्तर्गत पनि जसरी चीन उदाइरहेको छ, यसलाई भारतले नियालीरहेको छ । चिनियाँ गतिविधिहरुमा भारतले निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्नो सैन्य शक्तिको परीक्षण गरिरहेको छ ।
नयाँ दिल्लीले पनि यस अवस्थालाई मूल्याकंन गरेर आफ्नो तयारी गर्नु आवश्यक छ । भारतीय रणनीतिकारहरुले पनि उच्चतम रणनीति अपनाउँदै राजनीतिक-सैन्य सहकार्य बढाएर आवश्यक कदम चाल्न पूर्ण तयार हुनेपर्ने अवस्था सिर्जना भएको छ ।
Facebook Comments