कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

काठमाडाैं । काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ तथा ललितपुर र भक्तपुरमा १/१ जना गरी १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यससँगै कोभिड- १९ संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ संक्रमित कुन जिल्लामा कति ?

बाजुरा ५१
डोटी ३०
महोत्तरी २९
अछाम २८
सप्तरी २५
दाङ २१
पाल्पा १८
काठमाडौं १२
सिरहा १०
कास्की ९
रुकुम पश्चिम ८
सर्लाही ८
अर्घाखाँची ७
रौतहट ७
तनहुँ ६
कैलाली ५
झापा ५
स्याङ्जा ४
बैतडी ४
दैलेख ३
संखुवासभा ३
धनुषा ३
डडेल्धुरा ३
लमजुङ ३
सिन्धुपाल्चोक २
सल्यान २
उदयपुर २
सुनसरी २
ललितपुर १
भक्तपुर १
गुल्मी १
गोरखा १
बाग्लुङ १
म्याग्दी १
बाँके १

संक्रमितमध्ये ३ हजार १ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।