चीनले किन गर्दैछ सीमा सम्झौताको उल्लंघन ?

एजेन्सी। १५-१६ जूनमा चीनले भारतीय क्षेत्रमा प्रवेश गरेर बिहार रेजिमेन्टका गस्ती टोलीमाथि प्रहार गर्नु र २० भारतीय सेनाको मृत्यु हुनु निकै जघन्य काम हो । तर, चीनले कायरता स्वीकार गर्दै आफ्नोतर्फ भएको हताहतीको विवरण भने सार्वजनिक गरेको छैन ।

राजदूत गौतम बम्बावालेले स्ट्राट न्युज ग्लोलसँगको कुराकानीका क्रममा बेइजिङले हरेक सम्झौताका हरेक बुँदाको उल्लंघन गरेको बताएका छन् । सन् १९९३ मा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा शान्ति र स्थिरता कायम गर्नका लागि गरिएको सम्झौताकोसमेत उल्लंघन गरेको उनले बताए ।

त्यससैगरी माओले तियानमेन स्क्‍वायरबाट पिपुल्स रिपब्लिक अफ चाइनको स्थापना भएको घोषणा गरेको दुई महिनाभन्दा पनि कम समयमा पीएलएले सिन्जियाङमा अतिक्रमण गरेको थियो । कासगरमा रहेको भारतीय कन्सुलेट कार्यालय बन्द गराएको थयो । भारतले अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि चीनो नयाँ सत्तालाई पुराना सम्झौतामा पुन: सम्झौता गर्न आग्रह गरेको थियो ।

तर, माओले सिन्जियाङमा कब्जा गरेपछि पश्‍चिमी सीमा नियन्त्रण कायम गर्‍यो । त्यससँगै चीन पहिलो पटक भारतको सीमा सम्पर्कमा रह्यो र अक्साई चीनमाथि कब्जा गर्‍यो । जुन विवाद अहिले पनि चलिरहेको छ ।

सन् १९५१ मा ‘तिब्बतको शान्तिपूर्ण स्वतन्त्रताका लागि सम्झौता’ मा १७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर, तिब्बतीयन प्रतिनिधिहरुलाई यस सम्झौताको जालमा फसाइयो । जसका कारण तिब्बतले आफ्नो स्वायत्ता गुमायो ।

उक्त सम्झौताको बुँदा चारमा तिब्बतको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरिए पनि चीनले पूर्णरुपमा तिब्बतको स्वतन्त्रता खोस्दै उक्त बुँदाको उल्लंघन गरेको थियो । त्यसैगरी उक्त सम्झौतामा नै दलाई लामाको शक्तिलाई कुनै आघात हुन नदिने बताइएको थियो । तर, दलाई लामा निर्वासित बनाइयो ।

उक्त सम्झौता भएलगत्तै माओले चिनियाँ सेनालाई तिब्बतमा पठायो र महत्वपूर्ण केन्द्रहरुमा क्याम स्थापना गर्‍यो ।

सन् १९५४ मा भारत-चीनबीच तिब्बतका विषयमा पञ्‍चशिल सम्झौता भएको थियो । जसअनुसार तिब्बत र भारतबीचको लामो सीमा निर्धारण गर्ने उल्लेख गरिएको थियो । भारतले उक्त सम्झौतामा हस्ताक्षर भएपछि सीमा समस्या नआउने अपेक्षा गरेको थियो ।

दुई महिनापछि सम्झौता उल्लंघन गर्दै चिनियाँ सेना भारतीय क्षेत्रमा प्रवेश गर्‍यो । भारतीय सेना उत्ताखण्डको चमोली जिल्लाकव बारहोटीमा पहिलो पटक प्रवेश गर्‍यो । यो चीनले उल्लंघन गरेको अर्को सम्झौता हो ।

पञ्‍चशीलको सम्झौता अनुसार दुबै मुलुकले एकअर्को मुलुको सार्वभौम क्षेत्र र राष्ट्रय अखण्डताको सम्मान गर्ने उल्लेख गरिएको थियो । त्यसपछि उक्त विवाद समाधानका लागि भारतले लगातार प्रयास गरे पनि चीनले सम्झौता गर्दै उल्लंघन गर्ने क्रम जारी राख्‍यो र सन् १९६२ त चीनले भारतमाथि युद्ध नै सुरु गर्‍यो ।

सन् २०१७ मा दुईवटा चिनियाँ सैन्य हेलिकोप्टर उत्तराखण्डमा प्रवेश गरेका थिए । जुन डोक्लाम भिडन्तभन्दा दुई साता अघि थियो । उनीहरुले भारतीय सैन्य क्याम्पमा त्रास उत्पन्‍न गराएका थिए ।

यी माथिका उदाहरणहरुबाट पनि प्रस्ट हुन्छ कि चीनले कहिले पनि कुनै पनि सम्झौताको पालना गर्दैन र नरम दिखिन सम्झौता गर्ने गर्छ ।

Facebook Comments