ओलीको अभिब्यक्तिलाई खण्डन गर्दै प्रचण्ड गरे सनसनी पूर्ण खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिमाथि प्रश्न उठाएका छन्। त्यस्तै बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागे ।

आजको बैठकमा ओलीको उक्त भनाइको खण्डन गर्दै कार्यकारी अध्यक्ष दाहालले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारेका हुन् । दाहालले भने–‘राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।’

त्यसो त बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई हटाउन खोजेको भन्दै अभिव्यक्तिको प्रमाण दिन माग गरेका छन् ।

आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए। ओलीले नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको बताएका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.