एजेन्सी । पाकिस्तानको बलुच र पस्तुन क्षेत्रमा अनलाइन कक्षा अध्ययनका लागि इन्टरनेट नभएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् । उनीहरुलाई सरकारविरुद्धका गतिविधि गरेको भन्दै बुधबार क्वेटा प्रहरीले पक्राउ गर्नुका साथै क्रुररतापूर्वक कुटपिट गरेका छन् ।
प्रहरीको उक्त ज्यादतीको प्रतिपक्षी दलका नेताहरुले निन्दा गरेका छन् । स्रोतका अनुसार कोरोना भाइरसका कारण विद्यालयहरु बन्द भएपछि बलुचका विद्यार्थीहरु अनलाइन कक्षाका लागि इन्टरनेट नभएको भन्दै शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेका थिए ।
बलुचिस्तानका अधिकांश क्षेत्रमा इन्टरनेट नभएको त्यहाँका विद्यार्थीहरुले बताएका छन् । इन्टरनेटको माग गर्दै आन्दोलन गरिरहेका दर्जनौं विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मानवअधिकार र अधिकारवादीहरुले पनि उक्त घटनाको निन्दा गर्नुका साथै उक्त घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गरिएका छ्न् । यस घटनाले बलुचिस्तानमाथि पाकिस्तान सरकारको हेपाह प्रवृति र दबाउन शासन प्रणालीको उजागर भएको छ ।
Facebook Comments