काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले नेपालमा काेराेनाबाट थप एक जना महिलाकाे मृत्यु भएकाे जानकारी दिए ।
असार ११ गते अन्दाजी २५/३० वर्षकी महिला अचेत अबस्थामा प्रहरीले भेट्टाएकाे र उपचारकाे लागि लगी जाँच गर्दा मृत्यु भएकाे पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । त्यसपछि महिलाकाे पिसिआर टेस्ट गर्दा पाेजेटिभ देखिएकाे मन्त्रालयले जनाएकाे छ ।
Facebook Comments