एजेन्सी । बेइजिङको पछिल्लो अभिव्यक्तिले विश्वलाई नै आतंकित बनाइरहेको छ । संयुक्त राज्य अमेरिकाले एसिया-प्यासेफिक क्षेत्रमा मध्यम-दूरीको मिसाइल तैनाथ गरेको चीनले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।
चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वउ सियानलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “एसिया-प्यासेफिक क्षेत्रमा अमेरिकाले मध्यम दूरीको मिसाइल परिचालन गरेमा चीनले त्यसको कडा प्रतिकार गर्नेछ । यदि अमेरिकाले प्रक्रिया अघि बढाएमा चीन शान्त बस्दैन र आवश्यक कारबाहीका लागि अघि बढ्छ ।”
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्मेओले चीनले अवैधानिकरुपमा साउथ चाइना सीमा आफ्नो भूभाग दाबी गरिरहेको बताएका थिए । उनले आफ्नो मुलुक निर्माणका लागि पश्चिमी नियमको पालना गर्नसमेत सुझाएका थिए ।
“यदि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो मुलुकलाई समृद्ध बनाउन चाहन्छ भने पश्चिमाकोजस्तो नियमको पालना गर्न, कानुनको सम्मान गर्न र सम्झौतालाई कार्यान्वयन गर्न सिक्नुपर्छ,” पोमेपेओले भनेका थिए ।
पोम्पेओले चिनियाँ सेनाले आफैंले गरेको सम्झौताको उल्लंघन गर्दै भारतविरुद्ध गरेको हिंसात्मक झडपलाई हामीले हेरिरहेकोसमेत बताएका थिए ।
Facebook Comments