काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

काठमाडौं। काठमाडौं जिल्लामा आज (शुक्रबार) तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

आज संक्रमण पुष्टि भएका ५९३ मध्ये तीन जना काठमाडौंका रहेका छन् । हिजो (बिहीबार) काठमाडौं उपत्यकामा नौं जना कोरोना संक्रमित भेटिएका थिए ।

हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने कोरोनाको तथ्याङ्कमा पछिल्लो समय काठमाडौं उपत्यका पर्दै आएको छ । दिनहुँ उपत्यकामा संक्रमित भेटिन थालेपछि जोखिम पनि बढ्दै गएको छ ।