एजेन्सी । पूर्वी लद्दाखको गलवान भ्यालीमा जून १५-१६ मा भारत-चीन सेनाबीच भएको हिंसात्मक झडपमा आफ्नोतर्फका सैनिकको क्षति भएको चीनले स्वीकार गरेको छ । तर, अझै कति सेनाको मृत्यु भयो भन्ने खुलाएको छैन ।
चिनियाँ अधिकारीले विदेशी कुटनीतिज्ञसँगको कुराकानीका क्रममा बुधबार चीनतर्फका सेनाको पनि क्षति भएको स्वीकार गरेका हुन् । चिनियाँ अधिकारीहरुले क्षति हुने सैनिकको संख्या धेरै नभएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयमा बुधबार सीमित कुटनीतिज्ञसँगको संवादका क्रममा सीमा र सागर मामिलाका कार्यकारी निर्देशक हे सियाङ्कीले भनिन्, “… चिनियाँतर्फ भएको क्षति धेरै ठूलो छैन ।”
उनले चिनियाँ सैनिकको भावनामा चोट नपुगोस् भनेर क्षति भएको सैनिकको संख्या नबताएकोसमेत उल्लेख गरेकी छन् । मिडियाहरुले यसलाई नउचालोस् भनेर यकिन क्षतिको विवरण सार्वजनिक गरेको छैन । चिनियाँ सरकारी अधिकारीले पहिलोपटक आफूले क्षतिको विवरण सार्वजनिक नगर्नुको कारणबारे बताएको हो ।
उक्त हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मंगलबार चीनतर्फका ४० भन्दा बढी सेनाको मृत्यु भएको भन्ने खबरहरु गलत भएको बताएका थिए ।
Facebook Comments