काठमाडाैँ । नेपालमा थप ६२९ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ। यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।
कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । मन्त्रालयकाअनुसार आज मात्रै ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
Facebook Comments