नेपालमा यी ११ क्षेत्रमा चिनियाँ अतिक्रमण, किन बोल्दैन सरकार ?

काठमाडाैँ । भारत-चीनबीच पूर्वी लद्दाखको गलवान भ्यालीमा आमनेसामने भएका समयमा नेपाल-भारतबीच पनि सीमा विवाद सुरु भएको छ । भारत-चीन दुबै मुलुकले नेपालको सीमा अतिक्रमण गरेका छन् ।

भारतले अतिक्रमण गरेका भूमिमाथिको अतिक्रमण रोक्‍न भन्दै नेपालले विरोध पत्र पठाउनुका साथै भारतले अतिक्रमण गरेका लिम्पियाधुर, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

वर्षौंदेखि भारतले पनि नेपाली भूमि अतिक्रमण गरेको छ भने चीनलेसमेत नेपालका विभिन्‍न ११ ठाउँहरुमा अतिक्रमण गरेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका असफलता र चिनियाँ अतिक्रमणलाई ढाकछोप गर्न भारतविरुद्ध नेपाल उभ्याएको भारतीय मिडियाहरुको आरोप छ ।

भारतीय सञ्‍चारमाध्यम जीन्युजले सार्वजनिक गरेको एक प्रमाण अनुसार चीनले नेपालका विभिन्‍न ११ स्थानहरुमा अतिक्रमण गरेको छ । तर, प्रधानमन्त्री ओलीले यस विषयमा भने मुख खोलेका छैनन् ।

चीनले अतिक्रमण गरेका ११ स्थान :

– हुम्लाको बागद्वार खोलामा ६ हेक्टर जमिन अतिक्रमण
– हुम्लाको कर्णाली नदीमा ४ हेक्टर जमिन अतिक्रमण
– रसुवाको बुर्जुक खोलमा एक हेक्टर
– रसुवाको लाम्दे खोला अतिक्रमण
– रसुवाको जम्बु खोलामा ३ हेक्टर अतिक्रमण
– सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर
– सिन्धुपाल्चोकको भोटेकोशीमा ४ हेक्टर
– संखुवासभाको सामजुङ खोलामा ३ हेक्टर
– संखुवासभाको खाम खोलामा ३ हेक्टर
– संखुवासभाको अरुणमा ४ हेक्टर जमिन अतिक्रमण

एकातिर चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने अर्कोतिर नेपालको राष्ट्रिय राजनीतिमा चिनियाँ भूमिका बढ्दै गएको छ । पटक-पटक नेपालको सत्तारुढ दललाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिने र नेपालको सत्ता जोगाउन नेपालका लागि चिनियाँ राजदूतले भूमिमा खेल्‍नेजस्ता कुराले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रश्‍न उठ्‍ने गरेका छन्।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित