‘सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्न थालियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विषयवस्तुको तथ्यमा नगएर हरेक निर्णयमा भ्रष्टाचार देख्न थालिएको भन्दै गुनासो गरेका हुन्।

कोरोना नियन्त्रणका लागि ल्याउने हरेक मेडिकल सामग्रीमा भ्रष्टाचार देख्न थालिएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखे।

मेडिकल सामग्री खरिद गर्न नपाउने व्यापारीले नै अर्कोले ल्याउँदा भ्रष्टाचार भएको भन्दै बदनाम गर्ने गरेको ओलीको भनाइ छ।

सरकारले कोरोना नियन्त्रणमा कतिपय काम राम्रा काम गरे पनि पार्टीका नेताहरुले प्रतिरक्षा नगरेकोमा प्रधानमन्त्रीले आक्रोस। ‘सरकारले कोरोना नियन्त्रणमा राम्रा काम गरे पनि नेताहरुबाट प्रतिरक्षा नै भएन,’ उनले भने, ‘सडकमा आउने भीडले जे भन्छ त्यसैका पछाडि हाम्रा पार्टीका नेताहरु कुद्नुभयो।’

सडकमा आउने भिडले कुनै तथ्य र प्रमाण खोज्नेभन्दा भ्रमको खेती गरेको ओलीले बताए। बेसारलाई कोरोनाको औषधि हुन्छ भन्दै कतिपय मान्छेहरु सडकमा कुदेको भन्दै ओलीले आक्रोस पोखे।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.