सुदूरपश्चिममा पनि काेराेना संक्रमणकाे हटस्पटै बन्दै, एकैदिन १ सय बढी संक्रिमत

डडेल्धुरा । सुदूरपश्चिममा प्रदेशमा आज एक सय ३७ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परिक्षणमा डडेल्धुरामा ८३, बैतडीमा २५ र अछाममा २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी रिपोट पोजेटिभ देखिएपछि उनीहरुको पीसिआर परिक्षण गरिएको थियो । बैतडीको दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नाया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

अछाम जिल्लाको मेल्लेख गाउपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । डडेल्धुरा जिल्लामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको र कुन स्थानीय तहको कति छन भन्ने तथ्याँक छुट्याइरहेको डडेल्धुराका लागि कोभिड–१९ सम्र्पक व्यक्ति हरीप्रसाद भट्टले बताए ।

Facebook Comments