मन्त्रालयले भन्याे – अब ५५ सय तिरेर कोरोना परीक्षण गर्न पाइन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न अनुमती दिने निर्णय गरेको छ ।

पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको जानकारी दिए।

कोरोना परीक्षण निजीमा गरिए पनि परीक्षणको शुल्क भने सरकारले नै तिर्ने गरी निर्णय प्रवक्ता गौतमले जानकारी गराए ।

यसैबीच सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्‍याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने निर्णय गरेको छ।

प्रवक्ता गौतमका अनुसर विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भई आएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था भएको छ ।

सःशुल्क परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी तीन अस्पताल तोकिएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.