प्रहरीको कुटाइबाट घाइतेले भने: क्वारेन्टाईनलाई यातना केन्द्र बनाइयो

दैलेख । दैलेखको नारायण नगरपालिका वडा नं। १ को त्रिभुवन उच्च माध्यमिक विद्यालयमा राखिएका कोरोना संक्रमितहरुलाई प्रहरीले लाठीचार्ज गरि घाइते बनाएको छ । प्रहरीको कुटपिटबाट घाइते हुनेमा नारायण नगरपालिकाका २८ वर्षीय, १८ वर्षीय, १७ वर्षीय र १७ वर्षीय संक्रमित रहेका छन्।

घाइतेमध्ये १८ वर्षीय किशोरको टाउकोमा गहिरो चोट लागेपछि ५ वटा टाँका लागेको छ भने अन्य ३ जनाको खुट्टा, हात र ढाडमा निलडाम हुने गरी चोट लागेको छ। टाउकोमा चोट लागेका यूवाले चार घण्टामा आउने पिसीआर रिपोर्ट माग्दा आफहरुको टाउको फुटाइएको बताए। सरकारले क्यारेन्टाइन केन्द्रलाई यातना केन्द्र बनाएको उनले गुनासो गरे। उक्त विद्यालयको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितलाई राखिएको थियो ।

आईसोलेसनमा वसेको महिना दिन पुग्दा समेत पुन स्वास्थ्य जाँच नगराएको, पिसिआर मा पोजेटिभ देखिएका र आरडिटिमा पोजेटिभ देखिएकालाई एकै ठाउँमा राखिएको, आईसोलेसनमा खाना र वस्नको ब्यवस्था राम्रो नभएको भन्दै उनीहरु घरजान विद्यालयको भवनबाट बाहिर आएपछि प्रहरीले लाठिचार्ज गरेको हो । पिडितहरुले यातना केन्द्र जस्तो आइसोलेसन वार्डमा बसेर मर्नुभन्दा घरमै गएर मर्न ठीक लागेको बताए। उनीहरुलाई विद्यालय भवनबाट बाहिर जान नदिई नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको डिएसपि हरि वहादुर वलीले वताए।

दैलेखमा भारतबाट आएका ब्यक्तिहरुलाई क्वारिनटिनमा राखिएको र उनीहरुको स्वास संकलन गरि पीसीआर जाँचका लागि सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । रिपोर्ट आउन ढिलो हुने गरेकोले दैलेखका विभिन्न स्थानमा रहेका क्वारिनटिनमा वस्नेहरुले समय समयमा बिरोध समेत गर्दै आएका छन्।

दैलेखमा हालसम्म ५०२ जनामा कोरोना पोजेटिभ पुष्ठि भएको छ भने एक जनाको मृत्यु समेत भईसकेको छ। कोरोनालाई जितेर ३० जना घर गईसकेको छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.