क्वारेन्टिनमा बसेकी महिलाको स्वास्थ्यकर्मीद्वारा सामूहिक बलात्कार !

धनगढी । धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।

क्वारेनटाइनमा बस्दै आएकी महिलामाथि शनिबार राती सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। शनिबार राती सवा १२ बजेतिर क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले आरोप लगाएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिला पीडित भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरेका छन् । लम्की चौराहामा चक्काजाम गर्दै उनीहरुले विरोध गरेका हुन्।

आक्रोशित भीडले लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालय समेत घेराउ गरेका छन्। वडा कार्यालयमाथि घेराउ गर्ने क्रममा वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी पूजा ताम्राकार घाइते भएको प्रहरीले जनाएको छ।

बलात्कारबाट पीडित भनिएकी महिला जेष्ठ २० गते गौरीफन्टा नाकाबाट आएर एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.