दुई हप्ता अघि प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको तीन घण्टा लामो भाषणमा बहादुरीका साथ भाइरसको फैलावट रोक्ने असफलताको लागि सर्वसाधारण जनता र स्थानीय सरकारलाई दोष दिए।
भर्खरै अस्पतालबाट फर्केका एकजना जवानको मृत्यु र १,००० किलोमिटर हिडेर यात्रा गरेका एक युवाको मृत्युको कारण कोरोना नभई अरु भएको र डब्ल्यूएचओको प्रोटोकोलको कारण मात्र ती मृत्युहरुलाई कोरोनाभाइरसको कारण भएको मृत्यु मानिएको भनियो।
विश्वभरका सरकारहरुले कोरोनाको नियन्त्रणमा जनस्वास्थ्यमा सुधारको काम गरिरहेको बेला ओली सरकार भने गलत सुचना, राष्ट्रवाद र ईन्कारबादको ककटेलले जनता अल्मल्याउन चाहेको देखिन्छ । ओली सरकारको यो तरिका निकै नै घातक छ।
संसारले पहिले नै मेगालोमानियाक नेताहरूको केही उदाहरणहरू देखेको छ जसको स्वार्थी घमण्ड र आवश्यकता भन्दा बढीको स्वाभिमानले अनगिन्ती मूल्यवान ज्यान गएको छ । महामारीलाई प्राबिधिक रुपले नियन्त्रण गर्न चाहेको देशहरुले सफलता प्राप्त गरेको छ तर अधिक लोकप्रियता खोज्ने नेताहरू भएका देशहरूमा (ब्राजिल, अमेरिका, युके) महामारीले व्यापक मानवीय र आर्थिक क्षति भएको हो । नेपालमा पनि कतै असक्षम नेतृत्व र कुप्रबंधनको मूल्य असंख्य निर्दोष जीवनले चुकाउनु नपरोस् भन्ने हामी सबै सचेत हुनु जरुरी छ ।
गत केही हप्तामा प्रधानमन्त्री ओलीको झुकाव जनतालाई इन्कारवाद, गलत सूचना र राष्ट्रवादको खतरनाक ककटेलको तर्फ बढ्दै गएको छ । जबकी यस्तो बेलामा नेपालका नागरिकहरूलाई नेतृत्व र स्थिर हात चाहिन्छ । दुःखको कुरा, उनले देशलाई गलत बाटोमा लगेका छन् जसरी प्रशस्त शक्ति र स्रोतहरू भएका देशहरुका नेताहरु लगेर महामारी नियन्त्रण असफल भएका छन् ।
मन्त्रिपरिषद्को निर्णयले ग्रामीण स्तरलाई क्वारेन्टाइन सुविधाहरूको व्यवस्थापन गर्ने जिम्मा दिएको छ । यसले भारत, शहरी क्षेत्र र विदेशबाट स्वदेश फर्केका हजारौं नागरिकलाई सहयोग गर्नुपर्ने संघीय स्तरको उत्तरदायित्वलाई सरकारले बेवास्ता गरेको प्रस्ट बुझिन्छ ।
क्वारेन्टाइनमा भीडभाड छ र खान र पानीको लागि आधारभूत प्रबन्ध, मजदुरहरूको लागि पीपीई, र महिला, बालाबालिका र अन्य कमजोर समूहहरूको सुरक्षाका लागि सुरूक्षा प्रवन्धनको अभाव छ ।
यस संकटमा सरकारको प्रतिक्रियाको स्पष्ट रणनीतिक विफलताहरूको लागि केही उत्तरदायित्वको प्रदर्शन गर्न प्रधानमन्त्री ओलीले केही नरम चालहरू चले जस्तै कि स्वास्थ्य सचिवलाई सरुवा गरियो र स्वास्थ्य सेवा विभागको महानिर्देशकलाई हटाईयो । तर उनले मुलभुत रुपमा अरु कुनै ठोस कदम भने चालेका छैन् ।
लोकप्रिय नेताहरूको जस्तै प्रधानमन्त्री ओलीको योजना अधिक इन्कार, अलमल्याउने, असफलताको लागि अरुलाई दोष दिने रहेको छ । सामान्य समयमा नेतृत्वको असक्षमता राष्ट्रको विकासमा सीमित हुन सक्छ तर असामान्य समयले यसले ठुलो संकट निम्त्याउने सक्ने हुनाले सरकारले हेक्का राख्नु जरुरी छ ।
Facebook Comments