पाटन अस्पतालमा चोरी गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौं। पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डाक्टर प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई पक्राउ परेको छन्  ।

महानगरिय प्रहरी परिसर ललितपुरले उनीलाई पक्राउ गरेको ह्राे । पक्राउ परेका डाक्टर डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत र शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव रहेको खुलेको छ ।

करिब २१ लाख रुपैयाँ पर्ने सो पोर्टेबल अल्ट्रासाउन्ड मेसिनलाई  उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले उजुरी गरेको थियो ।

प्रहरीले चोरी गरिएको मेसिन  बरामद गरी उनीहरूलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ । कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।

Facebook Comments