यो वर्ष एसईई परीक्षा नहुने सरकारको निर्णय

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसअघि विभिन्न शिक्षासम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो ।

Facebook Comments