‘म तालिबानको शासनमा स्कूल जान पाइनँ तर बेलायत पुगेर वैज्ञानिक बनेँ’

मेरो नाम हुमैरा रजाई हो । म मूलरुपमा अफगानिस्तानको गजनी प्रान्तको जोगरीकी हुँ । म सन् २००६ मा १३ वर्षको उमेरमा बेलायत आएकी थिएँ । म अब एक ‘मेडिकल साइन्टिस्ट’ हुँ र एउटा ठूलो फार्मा कम्पनीमा काम गर्छु । यसबाहेक म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र अफगानिस्तानको स्थितिमाथि नजर राखिरहेकी छु ।

अब पुनः तालिबानको शासन फर्किएको अवस्थामा सबैभन्दा बढी खतरामा हजारा समुदायका मानिसहरु नै छन् जसको अफगानिस्तानमा ऐतिहासिक रुपमा शोषण हुँदै आइरहेको छ ।

अफगानिस्तानमा बिताएको बाल्यकाल मलाई अहिले पनि याद छ । म निकै साथी थिएँ तर त्यो उमेरमा पनि मलाई थाहा थियो कि म हजारा शिया समुदायकी हुँ । जतिबेला पनि तालिबानसँग डर लाग्थ्यो । हामीलाई पश्तूनहरुसँग डर लाग्थ्यो । पश्तून र तालिबान देखेर हामीले डरले काँप्ने गर्दथ्यौं ।

म सानै भएपनि हजारा मानिसहरुमाथि भेदभाव हुन्छ भन्ने मेरो दिमागमा राम्रोसँग बसेको थियो किनभने हामीले यस्तै देख्दै र सुन्दै आएका थियौं ।

मेरो बाल्यकाल तालिबानको शासनमा बितेको थियो । त्यसैले म स्कूल जान पाइनन् किनभने तालिबानले छात्राका लागि सबै स्कूल बन्द गरेका थिए । १० वर्षसम्म मेरो कुनै औपचारिक शिक्षा भएन । म तालिबानको शासनमा जन्मिएकी थिएँ । मजस्तै त्यति बेला थुप्रै महिला पनि स्कूल जान सकेका थिएनन् ।

त्यो सन् १९९८ को समय थियो । मलाई धुमिल स्मरण छ । तालिबानले सबै हाइवे बन्द गरेका थिए । हामी हजारा समुदायको गाउँसम्म खानपिनका केही पनि सामान पुग्न सकेको थिएन । त्यस वर्ष धेरै मानिसहरु भोकमरीले मरेका थिए । हामी खाना र पानीका लागि तड्पिरहेका थियौं ।

मेरा पिता सन् २००० को दशकमा एक शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनी त्यहाँ नै बसेका थिए । छ वर्षपछि उनले आफ्नो परिवारलाई बेलायत बोलाएका थिए । म, मेरी बहिनी र मेरी आमा नयाँ जीवन सुरु गर्नका लागि कानूनी रुपमा बेलायत पुगेका थियौं । हाम्रो यात्रा ती हजारौं मानिसहरुभन्दा निकै सहज थियो जसले असाध्यै मुश्किल स्थितिमा यात्रा गरेर अवैध तरिकाले पश्चिमी देश प्रवेश गर्छन् ।

म भाग्यमानी थिएँ कि मैले कानूनी तरिकाले भिसा पाएँ र बेलायत पुगेँ । यहाँ मैले निकै राम्रो जीवन पाएँ । म र मेरो परिवार त अफगानिस्तानबाट निस्केका थियौं तर निकै ठूलो जनसंख्या त्यहाँ तालिबानको अपराध झेल्न बाध्य थिए ।

परोक्ष रुपमा पूरा अफगानिस्तान तालिबानद्वारा प्रभावित छ । तालिबान हिंसामार्फत् जनसंख्यालाई नियन्त्रण गर्छ । तालिबानको शासनमा पुरुष थप हिंस्रक हुन्छन् । महिलाविरुद्ध घरेलु हिंसा पनि बढ्छ । महिलाले स्वास्थ्य सेवा पनि सहजै पाउँदैनन् र उपचार नपाउँदा धेरै महिलाको ज्यान जान्छ । अफगानिस्तानमा तालिबान शासनका बेला बाल मृत्युदर असाध्यै धेरै थियो ।

मेरो मनमा तालिबानको डर यसरी गढेको थियो कि म महिला र बालबालिकाका लागि केही गर्न चाहन्थेँ । त्यसैले म स्वास्थ्य क्षेत्रमा आएँ र एक वैज्ञानिक बनेँ । अब म जति पनि काम गर्छु त्यसको प्रत्यक्ष असर महिला र बालबालिकाको जीवनमा पर्छ ।

मैले आफ्नो पूरा शिक्षा बेलायतमा हासिल गरेकी हुँ । म १३ वर्षको उमेरमा यहाँ आउँदा मलाई अंग्रेजीको एउटा शब्द पनि आउँदैनथ्यो । मेरा लागि सुरुवाती शिक्षा मुश्लिक थियो । बाल्यकालमा आफ्नो पढाई पूरा नगरेका कारण मलाई सुरुमा असाध्यै गाह्रो भयो तर मैले छिट्टै सिकेँ । अब मसँग युनिभर्सिटीका तीन डिग्री छन् । मसँग मेडिकल रिसर्चमा पिएचडी पनि छ । मैले एउटा औषधीमा काम गरेकी छु जसले महिलालाई प्रियोक्लेमसिया नामको एक रोगबाट जोगाउँछ ।

शिक्षाले मेरो पूरा जीवन फेरिदिएको छ । यसलाई मलाई त्यो क्षेत्रमा काम दिएको छ जसका लागि मभित्र उत्कट चाहना थियो । म महिला र बालबालिकाको ज्यान बचाउन चाहन्थेँ र अहिले म त्यहि काम गरिरहेकी छु । मैले यो काम यसकारण मात्रै गर्न सकेँ किनभने मैले शिक्षा हासिल गर्न सकेँ तर अफगानिस्तानमा मजस्ता लाखौं बालिकाहरु छन् जो शिक्षाको अधिकारबाट बञ्चित छन् । उनीहरुले समाजमा आफ्नो भूमिका निभाउन सकिरहेका छ्रैनन् ।

म बेलायतमा छु तर मलाई त्यो समय याद गर्दा आज पनि डर लाग्छ । अब हजारा समुदायको के होला भन्ने मात्रै चिन्ता लाग्छ । मैले अफगानिस्तानमा जतिजनासँग कुरा गरेँ, उनीहरु र उनको परिवारको जीवन तालिबानको शासनले कुनै न कुनै रुपमा प्रभावित भएको छ । धेरैजसो हजारा मानिसहरुले आफूले आफैंलाई एक तरिकाले नजरबन्द गरेका छन् ।

म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र म अफगानिस्तानमा विशेषगरी काबुलमा मानवाधिकार कार्यकर्ता र महिला अधिकार कार्यकर्ताको सम्पर्कमा रहेकी छु । तालिबानको निशानमा यहि मानिसहरु छन् । विशेषगरी महिला अधिकार कार्यकर्ता । तालिबान यी मानिसहरुलाई दमन गर्न चाहन्छ । जब यी मानिसहरुले मद्दतका लागि गुहार गर्छन् तब म विचलित हुन्छु । मैले सबैको मद्दत गर्न पनि सकिरहेकी छैन ।

म हजारा समूदायकी हुँ र यो समूह सधैं नै तालिबानको निशानामा रहँदै आएको छ । । यतिमात्रै होइन, अफगानिस्तानको सरकारले पनि यो समूहलाई हँसियामा नै राखेको छ । तालिबानको त्यो शासनमा मेरा केही साथीहरु पनि मारिएका थिए । मेरा आफन्त र परिचितका परिवार नराम्रोसँग प्रभावित भएका थिए । मेरो आफ्नै परिवार पनि तालिबानको हिंसाको शिकार भएको छ । यसबाहेक ऊर्जा र सपनाले भरिएका थुप्रै हजारा जवान पनि तालिबानी हिंसाको शिकार भएका छन् । उनीहरु अफगानिस्तानका लागि धेरै कुरा गर्न चाहन्थे तर उनीहरुको हत्या भयो ।

तालिबानले अफगानिस्तानलाई कब्जा लिनुअघि काबुलमा जुन ठूला हमला गरे त्यसमा विशेषगरी हजारा विद्यार्थीलाई निशाना बनाइयो । उनीहरु हजारा समुदायका मानिसहरु नपढोस् भन्ने चाहन्छन् ।

पछिल्लो २० वर्षम अफगानिस्तानमा धेरै कुरा फेरिएको छ । अफगानिस्तानमा धेरैजसो जनसंख्या २५ वर्षभन्दा कम उमेरको छ । यो जनसंख्याले तालिबानको हिंसा र प्रतिबन्ध देखेको छैन । अफगानिस्तानमा विभिन्न समस्या हुँदाहुँदै पनि यो जनसंख्याले स्वतन्त्रता देख्यो, बराबरी देखेको छ, खुल्ला हावामा सास फेरेका छन् तर अब अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरुको सपना टुटेका छन् । यो युवा जनसंख्याका लागि तालिबानको प्रतिबन्धमा बस्न मुश्किल हुनेछ ।

सबैभन्दा ठूलो खतरा अफगानिस्तानमा मानवाधिकार कार्यकर्ताहरु र पत्रकारलाई छ । हामीलाई आशंका छ कि पूरा ब्ल्याकआउट हुनेछ र अफगानिस्तानबाट जानकारी पाउन मुश्किल हुनेछ । अफगानिस्तानमा एउटा ठूलो जनसंख्या यस्तो छ जसका लागि तालिबान र उसको शासनको तरिकालाई स्वीकार गर्न सहज हुनेछैन ।

अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानले ठूल्ठूला कुरा गरिरहेको छ । उनीहरुको प्रोपागान्डा शानदार छ । उनीहरु राम्रो पब्लिक रिलेशन पनि गरिरहेका छन् तर म वा मजस्ता मानिसहरुका लागि, जसले तालिबानको समय देखे र उनीहरुको हिंसा देृखे, उनीहरुका लागि तालिबानमाथि विश्वास गर्न सहज छैन ।

हामीले देखेका छौं कि उनीहरु कति हिंस्रक र बर्बर छन् । उनीहरु मूलतः एक आतंकवादी समूह हुन् । उनीहरुको पूरा व्यवस्था भ्रष्टाचार र हिंसामा आधारित छ । उनीहरु दुनियाँका सबैभन्दा ठूलो आतंकवादी नेटवर्क हुन् । उनीहरुले अफगानिस्तानको सत्ता शक्ति र हिंसाको दममा हासिल गरेका हुन् । जसले जे सुकै भनोस् मेरा लागि उनीहरुमाथि विश्वास गर्न सजिलो छैन ।’ दैनिक भास्कर

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.