ठूला व्यवयासीकाे पक्षमा सर्वोच्चले गर्याे यस्ताे निर्णय, सरकारलाई ठूलो झट्का!

काठमाडौं। सर्वोच्च अदालतले ठूल ठूला व्यवसायीकाे पक्षमा हुने आदेश दिएको छ। असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई सर्वोच्चले अन्तरिम आदेश दिएको हाे। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो।

कर तिर्ने म्यादबारे लिखित आदेश आएको खुल्न सकेको छैन । न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो।

अर्थ मन्त्रालयले कर नतिरे थप दस्तूर, ब्याज र जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको थियो । सरकारको सो सूचनाविरुद्धमा ब्यवसायीहरुले आन्दोलन गरेका थिए ।

आन्दोलनपछि सरकारले अर्को सूचना जारी गदै आउँदो असार ७ गतेसम्म कर तिर्ने अवधि लम्ब्याएको थियो ।

सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाइसक्न करदातालाई भनेको थियो। यो म्याद पछि बढाएर असार ७ गतेसम्म पुर्‍याइएको थियो।

रिट निबेदनमा कोरोना जस्तो संक्रमक रोग फैलिएका कारण जारी भएको भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जानै नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी आदेशको माग गरिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.