लकडाउन खुकुलो बनाउने तीन चरणका निर्णय: के-के खुल्छ अब?

काठमाडौं।  सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले लकडाउन खुकुलो पार्न तीन चरणको कार्यक्रम लागू गर्ने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो।

बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गरिएको हो।

पहिलोचरणमा कृषिसँग जोडिएका क्रियाकलापलाई अघि बढाउने, कम जोखिमका क्षेत्रहरुमा  स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसार खुलाउन दिने निर्णय भएको छ ।

पहिलो चरणको परिर्वतित मोडालिटीका आधारमा अर्को चरणमा लामो दूरीका सवारी साधन तथा विद्यालयहरु खुलाउने विषयमासमेत औपचारिक निर्णय गर्ने सरकारको तयारी छ ।

पहिलो चरण २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ।

त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.