थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार हजार नाघ्‍यो

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। याेसँगै नेपालमा संक्रमितकाे संख्या ४ हजार ८५ जना पुगेको छ ।

मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो।

नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.