टिकटकमा छोरीहरुसँग पूर्व युवराज्ञी हिमानी शाहको नृत्य भाइरल (भिडियोसहित)

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहको एउटा छोटो नृत्य भएको भिडियो भाइरल भएको छ ।

सामाजिक सञ्जाल ‘टिकटक’मार्फत उनकी जेठी छोरी पूर्णिका शाहले बहिनी र आमासँगको यो नृत्यको भिडियो सार्वजनिक गरेकी हुन् ।

हिमानीका छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका भिडियोमा अभिनय गर्दै उनी देखिएकी हुन्। उनी छोरीहरुसँग टिकटकमा नृत्य गरिरहेको देख्न सकिन्छ।

छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी हिमानी शाह लकडाउनका कारण अहिले उतै अड्किएकी छन्। पछिल्लो समय सामाजिक सञ्जाल टिकटक धेरैले प्रयोग गर्न थालेका छन्।

लकडाउनको समयमा पुराना हस्ती कलाकारहरु पनि टिकटकमा देखिएका छन्। वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ। यस्तैमा पूर्व राजपरिवारका नयाँ पुस्तासँग पूर्व युवरागि हिमानी पनि नाँच्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा देखिएको छ।

हिमानीलाई कान्छि छोरी कृतिकाको टिकटक अकाउन्टमा दुई भिडियोमा देखिएको छ। ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ र अंग्रेजी एक गीतमा अभिनय गर्दै गरेको देखिएको छ भने जेठी छोरी पूर्णिकाको एकाउन्टमा ‘गुरासको फेद मुनी’ मा अभिनय गर्दै देखिएको छ। भिडियोमा आएका धेरै कमेन्टहरुमा पूर्व युवरागि हिमानीको प्रशंसा गरिएको छ।

https://www.tiktok.com/@kriii_shah/video/6835678443955375366?referer_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F06%2F08%2F367676%2F&referer_video_id=6835642060201086214

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.